केबल प्रदायक संस्था सिम टिभीबाट अनलाइन कक्षा शुरु
चितवन । विगत केही वर्षबाट स्थापित केबल प्रदायक संस्था सिम टिभी नेपालले अनलाइन कक्षा सुरु गर्न थालेको छ । लामो समयको लकडाउनका कारण विद्यार्थीलाई घरबाट नै अध्ययन, अध्यापन गराउने उद्देश्यले अनलाइन कक्षा सुरु गरिएको हो ।
हाल सिम टिभीमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीको लागि अनलाइन कक्षा सुरू गरेको छ । लकडाउनका कारण लामो समयदेखि विद्यालयहरुमा पठनपाठनमा अवरोध भएकोले र लकडाउन थपि...









