स्वदेशी अर्गानिक उत्पादन विदेश पठाउंँदै ‘मान्द्रो नेपाल’
चितवन । भरतपुर महानगरपालिका वडा नं १० मा रहेको ‘मान्द्रो नेपाल’ले स्थानीय तरकारीहरुलाई सुकाएर प्याकिङ्ग गरेर विदेश पठाउंँदै आएको छ । विगत दुई वर्षदेखि उत्पादन गर्दै आए पनि गत वर्षबाट व्यावसायिकरुपमा विदेश पठाउंँदै आएको हो ।
यहांँको अर्गानिक उत्पादन गुन्द्रक, मस्यौरा, मुला तथा कुपिण्डोको चाना, सिन्की, टिकियालगायत उत्पादनहरु विदेश पठाउंँदै आएको मान्द्रो नेपालले जानकारी दिएको छ...









