चितवनमा कतै लगत लिँदै, कतै राहत बाँड्दै
चितवन । जिल्लाका सात स्थानीय तहमध्ये कतिपयले लगत लिने काम गरिरहेका छन् भने कतिपयले राहत बाँडिरहेका छन् । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका छन् । भरतपुर महानगरपालिकाले २९ वटै वडामा राहत बाँड्न सुरु गरिसकेको छ ।
महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रदेश सरकारले उपलब्ध गराएको रु २० लाख र महानगरपालिकाको रु ५० लाख गरी रु ७० लाख पहिलो चरणमा राहत बाँड्नक...









