चितवनमा विषादी प्रयोगमुक्त सप्ताह हुँदै
चितवन- चितवनमा एक हप्तासम्म ‘विषादी प्रयोग मुक्त सप्ताह–२०७६’ आयोजना हुने भएको छ ।
विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले उक्त सप्ताह सुरु गर्न लागिएको हो ।
पुस २२ गतेदेखि सात दिनसम्म विभिन्न कार्यक्रम गरेर सप्ताह मनाइने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिए...








