ज्येष्ठ किसानलाई पेन्सन दिँदै माडी नगरपालिका
चितवन । चितवनको माडी नगरपालिकाले सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ किसानलाई पेन्सन दिने भएको छ । वडा नं ८ कान्तिपुरमा सुरु गरिएको सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ नागरिकले पेन्सन पाउने भएका हुन् ।
सामूहिक खेतीमा आबद्ध भएका ज्येष्ठ नागरिकलाई वार्षिक रु पाँच हजारका दरले पेन्सन उपलब्ध गराइने नगरप्रमुख ठाकुर ढकालले जानकारी दिए । माडी नगरपालिका–८ कान्तिपुरमा सूर...









