मंगलबार मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइन्छ, के पाइदैन ?
चितवन । बैशाख ३० गते हुने स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले आज राति १२ बजेबाट मौन अवधि सुरु हुने जनाएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन आयोगले निर्देशन दिएको छ ।
आयोगले निर्वाचनको मौन अवधिअगावै उम्मेदवार र उनीहरूका प्र...









