अर्पणको वक्तृत्वकला प्रतियोगिता सम्पन्न, स्काई राइडरकी छात्रा आयुष्मा प्रथम

अर्पणको वक्तृत्वकला प्रतियोगिता सम्पन्न, स्काई राइडरकी छात्रा आयुष्मा प्रथम
चितवन । पूर्वी चितवनमा रहेको अर्पण वचत तथा ऋण सहकारी संस्था लि.को आयोजना एवं रेडियो अर्पण १०४.५ मेघाहर्जको सह–आयोजनामा ६४ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा गरिएको अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “अर्थतन्त्रको खम्बा हो सहकारी“ भन्ने विषयमा गरिएको अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगितामा चितवनका बिभिन्न विद्यालयका २१ जना बिद्यार्थीले भाग लिएको...

लायन्स क्लब अफ रत्ननगर मिड नेपालको अध्यक्षमा सुर्य रेग्मी सर्वसम्मत चयन

लायन्स क्लब अफ रत्ननगर मिड नेपालको अध्यक्षमा सुर्य रेग्मी सर्वसम्मत चयन
महेश पाण्डे चितवन । पूर्वी चितवनमा रहेको क्लबहरु मध्य अग्रिणी क्लबको रुपमा रहेको लायन्स क्लब अफ रत्ननगर मिड नेपालको अध्यक्षमा सुर्य रेग्मी सर्वसम्मत चयन भएका छन् । शुक्रबार सौराहामा सम्पन्न संस्थाको छैठौं साधारण सभा तथा अधिवेशनबाट रेग्मी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । रेग्मी पूर्वी चितवनमा सबौझमा लोकप्रिय ब्यवसायीका रुपमा पनि चिनिन्छन् । सर्वसम्मत अध्यक्षमा चयन भए...

अर्पण साकोस र रेडियो अर्पणले आज अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै

अर्पण साकोस र रेडियो अर्पणले आज अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै
चितवन । पूर्वी चितवनमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा रेडियो अर्पण १०४.५ मेगाहर्जको सह–आयोजनामा आज (शुक्रबार) अन्तर विद्यालय स्तरिय वक्तृत्वकला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । आज परेको ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर “अर्थतन्त्रको खम्बा हो सहकारी” भन्ने विषयमा अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएकोले अर्पण साकोस तथा रेड...

नगरपालिकाले कक्षा ११ र १२ को कक्षा कटौति गर्ने निर्णय गरेको भन्दै स्थानिय आन्दोलित

नगरपालिकाले कक्षा ११ र १२ को कक्षा कटौति गर्ने निर्णय गरेको भन्दै स्थानिय आन्दोलित
चितवन । पूर्वी चितवनको रत्ननगर स्थित मोहनामा रहेको मोहना माविको कक्षा ११ र १२ को कक्षा कटौति गर्ने रत्ननगर नगरपालिकाले निर्णय गरेको भन्दै स्थानिय आन्दोलित भएका छन् । नगरपालिकाको सो निर्णयको बिरुद्धमा बुधवार विधालय व्यवस्थापन समिति, शिक्षक, शिक्षा प्रेमी, राजनैतिक दलका प्रतिनिधि, विधार्थी र अभिभावकहरुले संयुक्त रुपमा नगरपालिका समक्ष ज्ञापन पत्र बुझाएका छन् । नगरपालिकाका प्र...

माडीमा बलेरो र मोटरसाईकल ठाेक्किदा मोटरसाईकल चालक घाइते

माडीमा बलेरो र मोटरसाईकल ठाेक्किदा मोटरसाईकल चालक घाइते
अजित अधिकारी चितवन । माडीमा बोलेरो र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक घाइते भएका छन । माडीबाट भरतपुर तर्फ जाँदै गरेको ना ४ च ७९५५ नं. को बलेरोले सेरुवा हुँदै हाईवे रोडतर्फ आउँदै गरेको ना ४६ प ८६२८ नं.को मोटरसाईकललाई सेरुवा चोकमा दिउसो २ बजेको समयमा ठक्कर दिँदा मोटरसाईकल चालक घाइते भएका छन । घाइते हुनेमा भ.म.न.पा.१७ वनगाई बस्ने बर्ष ३५ का मिन बहादुर महतो रहेको प...

चितवनमा वायु प्रदुषणको स्तर ३०० माथि, नाकको जालिले पनि छान्न नसक्ने गरी प्रदूषण

चितवनमा वायु प्रदुषणको स्तर ३०० माथि, नाकको जालिले पनि छान्न नसक्ने गरी प्रदूषण
चितवन । अहिले देशैभरिको वायु प्रदूषित भएको अवस्थामा चितवनको वायुले पनि प्रदुषणको स्तर नाघेको छ । चितवनको वायु प्रदुषणको स्तर (एयर क्वालिटी इन्डेक्स) ३०० माथि पुगेको वातावरण विज्ञ ध्रुव आचार्यका जानकारी दिए । उनले ५० सम्म सामान्य मानिने र २०० माथि गएपछि मानव स्वास्थ्यमा असर पुग्ने गरी खतराको तहमा पुगेको मानिने भएकाले अहिलेको चितवनको अवस्था पनि वायु प्रदूषणको हिसावले खतरनाक भए...

अण्डरग्राउण्ड पार्किङ सुविधा सहितको बन्यो रत्ननगर १० को वडा कार्यालय, ७८ लाख लगानी

अण्डरग्राउण्ड पार्किङ सुविधा सहितको बन्यो रत्ननगर १० को वडा कार्यालय, ७८ लाख लगानी
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिका वडा नं १० को वडा कार्यालय भवन अण्डरग्राउण्ड पार्किङ सुविधा सहितको बनेको छ । सो अण्डरग्राउण्ड पार्किङ सहितको सुविधा सम्पन्न भवनको मेयर नारायण वनले उद्घघाटन गरेका हुन । मेयर वनले भवन उद्घघाटन गरे लगतै वडाध्यक्षको कार्यकक्षको उपमेयर विमला दुवाडी र प्रशासनिक कक्षको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले रिवन काटेर उद्घघाटन गरेका थ...

चेपाङ बालबालिकाले खेले फ्रान्सेली नागरिकसँग होली

चेपाङ बालबालिकाले खेले फ्रान्सेली नागरिकसँग होली
चितवन । पूर्वी चितवनको रत्ननगरस्थित गामबेशीको चेपाङ संरक्षण केन्द्रका चेपाङ बालबालिकाले फ्रान्सेली नागरिकसँग होली मनाएका छन् । गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई विगत आठ वर्षदेखि खाद्यान्न लगाएतका सामाग्री सहयोग गर्दै आएका फ्रान्सेली नागरिकहरूसँग सो केन्द्रमा बस्दै आएका चेपाङ बालबालिकाहरूले आइतबार होली पर्व खेलेर र रमाएर मनाएका हुन् । फ्रान्सेली नागरिकहरू मरी पल बेन्डट्टी,...

बस र स्कुटर एक आपसमा ठक्कर खादा स्कुटरमा सवार ३ जनाको मृत्यु

बस र स्कुटर एक आपसमा ठक्कर खादा स्कुटरमा सवार ३ जनाको मृत्यु
अजित अधिकारी चितवन । भरतपुरदेखि माडी ठोरी हुलाकी सडक रुट अन्तरगत चल्ने पकौडी भन्ने स्थानमा जगतपुरबाट भरतपुर तर्फ आउदै गरेको ना.५० ख २१५० नं. को यात्रुबाहक बस र बिपरित दिशाबाट जादै गरेको ना. ४० प ७०८२ नं. को स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटरमा सवार ३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान जानेमा भरतपुर म.न.पा.६ गितानगर बस्ने बर्ष ४० का स्कुटर चालक मोहन अधिकारी सोही ...

चितवनका अस्पतालमा कोरोनाका गम्भीर बिरामी, चिकित्सक भन्छन्ः सतर्क रहनुस्

चितवनका अस्पतालमा कोरोनाका गम्भीर बिरामी, चिकित्सक भन्छन्ः सतर्क रहनुस्
चितवन । चितवनका अस्पतालमा कोरोनाका गम्भीर बिरामी देखिन थालेपछि चिकित्सकले सतर्क रहन सबैमा आग्रह गेरेका छन् । पछिल्लो समय चितवनमा कोरोनाका गम्भीर बिरामी देखापर्न थालेपछि चिकित्सक पनि चिन्तित देखिएका छन् । गत वर्ष चैत्र ११ गते देशमा लकडाउन सुरु भएको थियो त्यसको बुधबार एक वर्ष पुगेसँगै कोरोनाका थप नयाँ बिरामीहरु देखिन थालेका हुन् । चितवनका अस्पतालको आइसोलेसनमा पाँच जना गम्भी...