जर्मनीबाट राप्ती र कालिका नपाका चेपाङ्गलाई ५ लाख बराबरको दशैं राहत वितरण

जर्मनीबाट राप्ती र कालिका नपाका चेपाङ्गलाई ५ लाख बराबरको दशैं राहत वितरण
रवि रोषी नेपाल वाल सहायता संघ जर्मनी अर्थात् किन्डरहेल्प नेपाल हाइके जर्मनीबाट राप्ती र कालिका नपाका चेपाङलाई ५ लाख बराबरको दशैं राहत आज वितरण वितरण गरेको छ । चितवनको राप्ती नगरपालिका अन्तर्गत कालिखोलाका ८५ घरधुरीका अति विपन्न सीमान्तकृत चेपाङ जातिलाई वितरण गरिएको छ । जगत चेत प्रतिष्ठानको अक्षुण्ण पहलकदमीमा किन्डरहेल्प नेपाल हाइके जर्मनीबाट नितान्त सीमान्तकृत चेपाङ समुदायल...

माडीमा धान काट्ने मेसिन कम्बाइन हार्मेस्टरको कृषि मन्त्री लामाद्वारा उद्धघाटन

माडीमा धान काट्ने मेसिन कम्बाइन हार्मेस्टरको कृषि मन्त्री लामाद्वारा उद्धघाटन
अजित अधिकारी चितवन । माडी नगरपालिका ८ स्थित कान्तिपुरमा सुर्यदय कृषि सहकारी संस्थाद्वारा संचालित सामुहिक खेतीको बुधबार कृषि मन्त्री दावा दोर्जे लामाद्वारा अबलोकन एबम धान काट्ने मेसिन कम्बाइन हार्मेस्टरको उद्धघाटन गरिएको छ । सो उदघाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा कृषि मन्त्री दावा दोर्जे लामा रहेका थिए । यसैगरी बिशिष्ट अतिथिमा माडी नगर प्रमुख ठाकुर प्रसाद ढकाल, उप प्...

चितवनमा खैरहनी र गैँडाकोटका दुई संक्रमितको मृत्यु

चितवनमा खैरहनी र गैँडाकोटका दुई संक्रमितको मृत्यु
चितवन । चितवनमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस)मा उपचारका क्रममा कोरोना सङ्क्रमित खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्धको मृत्यु भएको कलेजले जनाएको छ । निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । क...

भारतबाट चल्ला माग भएपछि व्यवसायीलाई राहत

भारतबाट चल्ला माग भएपछि व्यवसायीलाई राहत
चितवन । भारतीय बजारमा यहाँ उत्पादित कुखुराका चल्ला माग भएपछि ह्याचरी व्यवसायीलाई राहत मिलेको छ । अवैधरुपमा भित्रिएका भारतीय चल्ला प्रहरी प्रशासनको सहयोगमा नष्ट गर्ने गरिएकामा अहिले नेपालका चल्ला भारतीय बजारले माग गरेपछि उता पठाउन थालिएको हो । भारतमा चल्लाको अभाव भएपछि सप्लायर्सले यहाँका चल्ला भारत पठाउन थालेका हुन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख...

माडीमा नेपाली आवाज डटकमको सम्पर्क कार्यालय स्थापना

माडीमा नेपाली आवाज डटकमको सम्पर्क कार्यालय स्थापना
चितवन । माडीमा नेपाली आवाज डटकमको सम्पर्क कार्यालयकाे स्थापना गरिएको छ । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर बजारमा मंगलबार नेपालीको आवाज डटकमको सम्पर्क कार्यालयकाे उद्घाटन गरिएको हाे । उक्त उदघाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा माडी नगरपालिकाकी नगर उप प्रमुख ताराकुमारी काजी महतो रहेकी थिइन । कार्यक्रममा माडी ३ का वडा अध्यक्ष एबम पर्यटन बिकास समितिका अध्यक्ष पुरन महतो, मा...

चितवन निकुञ्जमा गैँडा मृत्युको कारण खोज्न समिति गठन

चितवन निकुञ्जमा गैँडा मृत्युको कारण खोज्न समिति गठन
चितवन । प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले मृत्युको कारण खोज्न समिति गठन गरेको छ । निकुञ्जले सहायक संरक्षण अधिकृत ऋषि रानाभाटको संयोजकत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने र त्यहीँका भेटेरिनरी डा अमिर सडौला सदस्य रहेको समिति बनाएको छ । संयोजक रानाभाटका अनुसार समितिको बैठक बसेर अध्ययनका विषयबारे छलफल अघि बढाइएको ...

चाडपर्व लक्षित उत्सव र जात्रा नगर्न प्रशासनको निर्देशन

चाडपर्व लक्षित उत्सव र जात्रा नगर्न प्रशासनको निर्देशन
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले चाडपर्वलाई लक्षित गर्दै जिल्लामा हुने विभिन्न किसिमका उत्सव र जात्राहरु नगर्न निर्देशन दिएको छ । कोरोनाको सङ्क्रमण बढ्नसक्ने भन्दै चाडपर्व लक्षित कार्यक्रमहरु बन्द गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । चाडपर्वमा पारिवारिक भेटघाट बाहेकका अन्य कार्यक्रमहरु नगर्न सबैमा जानकारी गराइएको छ । अघिल्ला...

चितवनमा १४१ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा १४१ जनामा कोरोना संक्रमण पुष्टि
चितवन । चितवनमा पछिल्लो २४ घन्टामा थप १४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सिएमसीमा गरिएको ३७२ वटा नमुना परीक्षणमा १४१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा चितवन ९९ जना रहेका छन् । जसमध्ये भरतपुर महानगरपालिकाका ८० जना, रत्ननगर नगरपालिकाका ९ जना, खैरहनी नगरपालिकाका ४ जना, राप्ती नगरपालिकाका ३ जना, माडी, कालिका र इच्छाकामनाका एकरएक जना रहेका छन् । ...

माडीको श्री नबदुर्गा मन्दिरमा बाघको मूर्ति स्थापना

माडीको श्री नबदुर्गा मन्दिरमा बाघको मूर्ति स्थापना
अजित अधिकारी चितवन- माडी नगरपालिका वडा नं ६ स्थित स्याउलीवासमा रहेको श्री नवदुर्गा भवानीको मन्दिरमा शनिबार घटस्थापनाका दिन दुर्गा भवानीको बाहानको रुपमा रहेको बाघको मूर्ति स्थापना गरिएको छ । कोरोना महामारीलाई मध्यनजर गरी सामाजिक दुरी कायम गरी उच्च सतर्कताका साथ माडी ६ स्याउलीवासमा रहेको श्री नवदुर्गा भवानीको मन्दिर प्राङ्गण परिसरमा पञ्चेबाजा, भजनकीर्तन र कलश यात्रा सहित...

गैँडा संरक्षणमा चितवन राष्ट्रिय निकुञ्ज

गैँडा संरक्षणमा चितवन राष्ट्रिय निकुञ्ज
नवलपुर । गैँडा गणना २०१५ अनुसार हाल नेपालमा ६४५ वटा एक सिङ्गे गैँडा छन् । प्राचीन समयमा नेपाल, भरत, चीन, पाकिस्तान र बर्माका केही भागमा गैँडा पाइने गरेको भए पनि अहिले नेपाल र भारतमा मात्रै एक सिङ्गे गैँडा अस्तित्वमा रहेका छन् । विसं २००७ सम्म ८५० भन्दाबढी सङ्ख्यामा रहेको एक सिङ्गे गैँडा चोरीसिकारीको निशानामा पर्ने गरेको छ । गैँडाको खाग र खुर विश्व बजारमा अवैध रुपमा महङ्गो ...