गायिका आस्था राउतको विषयमा अनुसन्धान हुँदैछ : प्रहरी
काठमाडौँ- गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत एउटा भिडियो हालेपछि उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । दश मिनेट ३१ सेकेन्डको भिडियोमा उनले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेकी छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको सिसी टिभी फुटेज नै सार्वजनिक भयो । ‘फुटेज’मा प्र...









