‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प’को उपाधि सौगातलाई, आशिष र आयुष्मा फस्ट र सेकेण्ड रनर अप
चितवन ।‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को उपाधि सौगात आचार्यले जितेका छन् । शुक्रबार वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा भएको फाइनल प्रतिस्पर्धामा ९ जनालाई पछि पार्दै सौगातले उपाधि जितेका हुन् । अरोमा कलेजमा अध्ययरत सौगातले उपाधिसंगै नगद ५० हजार रुपैयाँ पुरस्कार समेत प्राप्त गरे ।
यस्तै एकता शिशु निकेतनका आशिष बन्जारा फष्ट रनरअप घोषित भए । उनले ३० हजार नगद र ट...









