चितवनमा १५ घण्टाको अवधिमा ३ दुर्घटनाः कुरीनटारमा ४ गाडी एक आपसमा ठोक्किए
चितवन । चितवनमा १५ घण्टाको अवधिमा ३ वटा दुर्घटना भएका छन् । पछिल्लो दुर्घटना भने आज (शुक्रबार) बिहान ईच्छाकामना गा.पा. ४ कुरीनटारमा भएको हो । फिस्लिङबाट मुग्लिङ तर्फ आउदै गरेको ना १ ज ८३२८ नम्बरको म्याजिक र विपरीत दिशाबाट जादै गरेको बा २१ च ३०३९ नं. को स्कारपियो र सो दिशाबाट आउदै गरेको बा६च ८३४५ नं.को स्कारपियो र ना १ ज ८००५ नं को म्याजिक एक आपसमा ठक्कर खाँदा करिब ७ जना सामान्य...









