टाँडीमा रहेको अबिरल बहुउद्देश्यीय सहकारीको गरियो शुभारम्भ
महेश पाण्डे
चितवन । रत्ननगर–२ टाँडी बजारमा रत्ननगर उद्योग वाणीज्य संघको भुई तलामा रहेको अबिरल बहुउद्देश्यीय सहकारी संस्था लि. को आज (बुधबार) शुभारम्भ गरिएको छ । सो सहकारीको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले एक कार्यक्रमका बिच शुभारम्भ गरेका हुन् ।
उद्धघाटन पछि बोल्दै मन्त्री खनालले संस्थाको उज्वल भविष्यको कामना गर्दै सहकारीहरु नाफा मुखी भ...









