रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु, मेयर सापकोटाद्धारा उद्घाटन

रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु, मेयर सापकोटाद्धारा उद्घाटन
रत्ननगर । चितवनको रत्ननगर नगरपालिकामा सरकारी जागिरका लागि लोकसेवा तयारी कक्षा सुरु गरिएको छ । सो नगरपालिकाको वडा नं १५ ले चितवनमै पहिलो पटक लोकसेवा तयारी कक्षाको तालिम सुरु गरेको हो । माधवपुर माविमा आयोजित कार्यक्रममा रत्ननगरका मेयर प्रल्हाद सापकोटाले उद्घाटन गरेका छन् । सो अबसरमा मेयर सापकोटाले आफ्नै देशमा रोजगारीको सम्भावना देख्ने युवाहरुको कमी भएको बताए । जग्गा बेचर विदेश ...

चितवनका कमल प्रकाश सुबेदीको उपचारमा सहयोग गर्न परिवारको अपिल

चितवनका कमल प्रकाश सुबेदीको उपचारमा सहयोग गर्न परिवारको अपिल
अजित अधिकारी चितवन । बि.स. २०७८ साल असार ४ गते विद्युत पोल मिलाउने क्रममा खसेर गम्भीर घाइते भएका भरतपुर महानगरपालिका २५ अमृत चोक निवासी कमल प्रकाश सुबेदीको उपचारमा सहयोग गर्न सबैमा परिवारले अपिल गरेको छ । सुवेदी अहिले स्वास्थ्य अवस्था नाजुकसंगै बिस्तारामा नै जीवन यापन गरिरहेका छन् । बिचरा नहिड्न सक्छन् न त उभिन नै, अरुको सहारामा ह्विलचियरमा बसेर हिड्नुपर्ने उनको बाध्यता छ...

रत्ननगर वडा नं ३ मा विकासको काम धमाधम

रत्ननगर वडा नं ३ मा विकासको काम धमाधम
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं ३ मा विकास निर्माणको कामले गति लिएको छ । नागरिकलाई सुशासन,किसानलाई अनुदान,शिक्षा र स्वास्थ्यको काम प्रक्रियागत रुपमा गरिरहेको सो वडाले विकास निर्माणको कामलाई भने तीब्र रुपमा अगाडि बढाएको हो । खोलामा तटबन्धन निर्माण देखि सडक तथा ढल निर्माणको काम तीब्र रुपमा भइरहेको वडाध्यक्ष सोहेन्द्रराज खरेलले जानकारी दिए । सो वडाले भित्री सडक कालोप...

निकुञ्जमा पानीको फोहोरा दिन सकिदैन : नगर प्रमुख महतो

निकुञ्जमा पानीको फोहोरा दिन सकिदैन : नगर प्रमुख महतो
अजित अधिकारी चितवन । माडी नगर प्रमुख ताराकुमारी काजी महतोले चितवन राष्ट्रिय निकुञ्ज सडकमा पानीको फोहोरा दिन नसकिने बताएकी छन् । माडी नगरपालिकाद्वारा आयोजित माडी क्याम्पसको सभाहलमा शनिबार सम्पन्न सम्मान तथा बधाई कार्यक्रममा बोल्दै नगर प्रमुख महतोले यस्तो बताएकी हुन् । त्यस्तै उनले पछिल्लो समय फेसबुकमा बिरोध गर्नेहरु बढेको र जथाभावी फेसबुकमा स्टार्टस राखेर नगरपालिकाप्रति कट...

खेतीयोग्य जमिनको खण्डिकरण माडीका लागि दुर्भाग्य हो : मन्त्री पाण्डे

खेतीयोग्य जमिनको खण्डिकरण माडीका लागि दुर्भाग्य हो : मन्त्री पाण्डे
अजित अधिकारी चितवन । चितवन क्षेत्र नं. ३ का सांसद एवं सहरी बिकास मन्त्री बिक्रम पाण्डेले यसै क्षेत्रका प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालप्रति गहिरो कटाक्ष गर्दै संस्थापक नगर प्रमुख हुँदा ढकालले माडीका खेतीयोग्य जमिन खण्डिकरण गरेर बाहिरी मान्छेलाई बेच्नु र लिजमा दिनु दुर्भाग्य भएको बताएका छन् । माडी नगरपालिकाद्वारा अयोजित माडी क्याम्पसको सभाहलमा राखिएको सम्मान तथा बधाई का...

कोटिहोम महायज्ञमा बुधबारबाट आमन्त्रित वक्ताको रुपमा स्वामी लक्ष्मणाचार्य सहभागी

कोटिहोम महायज्ञमा बुधबारबाट आमन्त्रित वक्ताको रुपमा स्वामी लक्ष्मणाचार्य सहभागी
चितवन । नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा बुधबार सुकदेव भागवत आश्रम गैंडाकोटका पीठाधिस स्वामी लक्ष्मणाचार्य आमन्त्रित वक्ताका रुपमा सहभागी भएका छन् । उनले महायज्ञको अवलोकन गर्नुका साथै एक करोड ४९ लाख ८५ हजार दिप प्रज्वलन हुने महायज्ञ महत्वपूर्ण धार्मिक अनुष्ठान भएको बताए । महायज्ञमा सहभागी भएर भक्तजनले पुन्य लाभ गर्न सक्ने उनले बताए ।...

रत्ननगरमा किसान महासंघको नयाँ कमिटी गठन

रत्ननगरमा किसान महासंघको नयाँ कमिटी गठन
रत्ननगर । अखिल नेपाल किसान महासंघ रत्ननगर नगर कमिटीको संयोजकमा राजेन्द्र कृष्ण शर्मा बजगाई चयन भएका छन् । बुधवार सम्पन्न दोस्रो अधिबेशनले बजगाईको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो । कमिटीको सहसंयोजकमा उपेन्द्र पोखरेल र सुभद्रा खनाल,सचिवमा बिष्णुप्रसाद पौडेल चयन भएको नेकपा एमालेका नगर अध्यक्ष इश्वरी प्रसाद अर्यालले जानकारी दिए । कमिटीको सदस्यहरुमा चेतप्रसाद ढकाल,कृष्णप...

नेपालका सापकोटा,“कानागावा प्रिफेक्चरको “विदेशी बासिन्दाहरूको लागि कानागावा परिषद”को समितिमा चयन

नेपालका सापकोटा,“कानागावा प्रिफेक्चरको “विदेशी बासिन्दाहरूको लागि कानागावा परिषद”को समितिमा चयन
टोकियो/जापान।कानागावा नेपाली कम्युनिटीका संस्थापक अध्यक्ष डोलराज सापकोटा(हरी) कानागावा प्रिफेक्चरल सरकारद्वारा गठित “विदेशी बासिन्दाहरूको लागि कानागावा परिषद”को समितिमा चयन भएका छन् । कानागावा प्रान्तिय सरकारले आफ्ना योजना तथा नीति तर्जुमामा बिदेशी मुलका वासिन्दाहरुको प्रस्तावलाई समेट्ने गरी सन् १९९८ मा गठन गरेको यस परिषदको १२ औँ समितिमा सापकोटालाई चयन गरिएको हो । यस परिषद...

सौराहा फूड फेस्टिबलमा वेटर रेस : केसी रेष्टुरेन्ट प्रथम

सौराहा फूड फेस्टिबलमा वेटर रेस : केसी रेष्टुरेन्ट प्रथम
रत्ननगर । चितवनको सौराहामा जारी सडक फूड फेस्टिबलको अबसरमा वेटर रेस प्रतियोगिता गरिएको छ । फेस्टिबलको आयोजक संस्था रेवान सौराहाले रेष्टुरेन्टमा काम गर्ने वेटरहरुको क्षमता मुल्याङकनको लागि प्रतियोगिता गरेको हो । १० जना सहभागी प्रतियोगितामा केसी रेष्टुरेन्टका लक्ष्मण चौधरी प्रथम, नेचर भ्यू रेष्टुरेन्टका विबेक शाह र केसी रेष्टुरेन्टकै दीपेश चौधरी तेश्रो भएको रेवानका उपाध्यक्ष कपि...

कोटिहोम महायज्ञको नेता महतले गरे दर्शन, शनिबार रवि लामिछाने र विक्रम पाण्डे आउँदै

कोटिहोम महायज्ञको नेता महतले गरे दर्शन, शनिबार रवि लामिछाने र विक्रम पाण्डे आउँदै
चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको दर्शन गरेका छन् । शुक्रबार महायज्ञस्थल पुगेर नेता महतले यज्ञस्थल र शिवलिंगको दर्शन गरेका हुन् । वातावरण सन्तुलनमा महायज्ञले सहयोग पुग्ने भन्दै उनले नदी किनारमा हुने धार्मिक कार्यक्रमले नदी संरक्षणमा समेत टेवा पुग्ने बताए । महायज्ञको अवलोकन गर्ने...