रत्ननगरको नगर सभामा १७ प्रस्ताब पारित, बच्चा छाडेर विदेसिन खोज्ने महिलालाई बन्देज
रत्ननगर । रत्ननगर नगरपालिकाको नवौं नगर सभा बजेट,नीति तथा कार्यक्रम सहित १७ वटा महत्वपूर्ण प्रस्ताब पारित गर्दै शुक्रवार समापन गरिएको छ । यही असार ६ गते सौराहामा उद्घाटन गरिएको नगर सभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी शुक्रवार समापन गरिएको हो ।
सो नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ को लागि एक अर्ब २६ करोडको बजेट पारित गरेको ...









