सिएमसीमा थप १९ जनामा कोरोना पुष्टि, चितवनमा संक्रमितको संख्या ४९७ पुग्यो
चितवन । चितवन मेडिकल कलेज (सीएमसी)को कोभिड १९ प्रयोगशालामा बिहीबार परीक्षण गरिएका १७० नमुनामध्ये १९ नमुनाको रिपोर्ट पोजेटिभ आएको छ ।
संक्रमित हुनेहरुमा भरतपुर महानगर वडा नं ५, ७, १०, १६ र २६ का पाँच महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनमा बिहीबार राति भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा १७ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनेमा भरतपुर महान...









