हामीलाई कोरोना आयो भन्छन् : एम्बुलेन्स चालक
चितवन । कोरोना रोगको सङ्क्रमण बढ्दै जाँदा चौबीसै घन्टा सेवामा समर्पित हुने एम्बुलेन्स चालकले भने बाटोमा पानी पनि पिउन नपाउने गरेको बताएका छन् ।
कोरोना आयो भन्दै एम्बुलेन्ससमेत रोक्न नदिने गरेको उनीहरुको गुनासो छ । नेपालमा चार हजार ५०० एम्बुलेन्स छन् । तीमध्ये सबैभन्दा बढी दुई/दुई सय हाराहारी काठमाडौँ र झापामा छन् । त्यसपछिको बढी मोरङ र चितवनमा रहेको एम्बुलेन्स चालक सङ्घका क...







