रत्ननगर ७ का बेपत्ता व्यक्ति राप्ती नदीमा मृत फेला
चितवन । गत वैशाख २ गतेदेखि बेपत्ता भएका रत्ननगर ७ का ४३ वर्षीय लालकुमार राउत मृत फेला परेका छन् ।
राप्ती नदीमा माछा मार्न जानेक्रममा बेपत्ता भएका उनको खोजतलास गर्ने क्रममा आज चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत राप्ती नदीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । राउत बेपत्ता भएको भन्दै उनका आफन्तहरुले बुधबार नै प्रहरीमा निवेदन दिएका थिए ...







