भरतपुर अस्पताललाई रोटरी क्लब अफ रत्ननगरको सहयोग
चितवन । रोटरी क्लब अफ रत्ननगरले भरतपुर अस्पताललाई पिपिईलगायतका सामग्रीहरु सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण चिकित्सकलाई उपचारमा सहज होस् भनेर क्लबले ५० थान पिपिई र १५० थान ग्लोब्स उपलब्ध गराएको हो ।
क्लबका अध्यक्ष विपीन पोखरेलले आज अस्पतालमा आयोजित कार्यक्रममा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।
...








