काँग्रेस चितवनद्वारा आन्दोलनका कार्यक्रम स्थगित
चितवन- नेपाली काँग्रेस चितवनले सोमबार घोषणा गरेका आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा आन्दोलनका कार्यक्रमहरु हालका लागि स्थगित गरिएको जनाइएको छ ।
माडीवासीको मागलाई लिएर आमरण अनशनरत माडी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका मागहरुको सुनुवाइका लागि काँग्रेस चितवनले जिल्ला बन्दसहितका ...









