दिवाकर भुसाल स्मृति भलिबलमा नेपाल पुलिस र त्रिभुवन आर्मी विजयी
चितवन- दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब च्याम्पियनसिप दोस्रो पुरूष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाली पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
बुधबार सम्पन्न पहिलो खेलमा बागमती प्रदेश क्लबलाई ३–० को सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएको हो । उद्घाटन खेलमा बागमती प्रदेश क्लबलार्ई २५–९, २५–१६ र २५–८ को सोझो सेटमा पराजित गर्दै पुलिस क्लबले विजयी गरेको ह...









