रत्ननगर महोत्सव सकियो, साढे चार लाखले गरे अवलोकन
चितवन । रत्ननगरको टिकौली चौरमा पुस २५ गतेदेखि सञ्चालन भएको १०औँ रत्ननगर महोत्सव १४औँ दिनमा बिहीबार समापन गरिएको छ ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले महोत्सवको समापन गरेका हुन् । महोत्सव समापन गर्दै डल्लाकोटीले स्थानीयस्तरमा हुने मेला महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन गरेको बताए ।
स्थानीय कृषि, उद्योगबाट उत्पादित वस्तुहरुको प्रवद्र्धनका साथै आन्...









