आजदेखि माडीमा खिचरा महोत्सव, पूर्वप्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने
अजित अधिकारी
चितवन- दक्षिण चितवनको माडी नगरपालिका ४ स्थित सिदुवाचोकमा आजदेखि प्रथम माडी खिचरा महोत्सव सुरु भएको छ ।
माडीको पर्यटन प्रवर्द्धनको विकास गराउने उद्देश्यका साथ माडीमा खिचरा महोत्सवको आयोजना गरिएको हो । आज हुने प्रथम माडी खिचरा महोत्सवको उद्घाटन गर्न नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहान ११ बजे आउने कार्यक्रम रहेको महोत्सव मूल आयोज...









