माडीमा बिपद प्रतिकार्य सम्बन्धि दुई दिने तालिम आइतबारबाट सुरु

माडीमा बिपद प्रतिकार्य सम्बन्धि दुई दिने तालिम आइतबारबाट सुरु
चितवन । माडीमा बिपद प्रतिकार्य सम्बन्धि दुई दिने तालिम आइतबारबाट सुरु भएको छ । माडी नगरपालिका कार्यालयको सभाहलमा नेपाली सेना श्री काली बहादुर गण र चितवन जिल्लाका स्थानीय निकाय संगको समन्वयमा आयोजना गरिएको बिपद जोखिम ब्यबस्थापन सम्बन्धि बिपद प्रतिकार्य सम्बन्धि तालिम आइतबारबाट सुरु भएको हो । सो तालिम दुई दिन सम्म चल्नेछ । भइपरी रुपमा आउन सक्ने दैबी प्रकोप बिपद जोखिम ब्यबस्थ...

चितवनमा स्वास्थ्य बिमाप्रति घट्यो रुचि, आधाले गरेनन् नवीकरण

चितवनमा स्वास्थ्य बिमाप्रति घट्यो रुचि, आधाले गरेनन् नवीकरण
-कृष्ण आचार्य (रासस) चितवन- स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको उत्साहजनक सहभागिता भए पनि नवीकरण गर्नेको सङ्ख्या कम देखिएको छ । चितवनमा बीमा गरेका ४९ प्रतिशतले नवीकरण गरेका छैनन् । जिल्लामा करिब साढे चार लाखले बीमा गरेको सरकारी तथ्यांक छ । जसमध्ये दुई लाख ३६ हजार २२३ जनाले मात्र नवीकरण गरेको स्वास्थ्य बीमा बोर्ड चितवनका दर्ता अधिकारी निर्मला भट्टराईले जानकारी दिइन् । उनले बी...

चितवनको खैरहनी र राप्तीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

चितवनको खैरहनी र राप्तीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू
चितवन । चितवनको खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा आइतबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । स्थानीय तह भएपछि यी दुई नगरपालिकाले दोस्रोपटक प्रतियोगिताको आयोजना गरेका हुन् । खैरहनी नगरपालिकाको आयोजनामा खैरहनी माध्यमिक विद्यालयमा आयोजित प्रतियोगिताको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रम...

रत्ननगर महोत्सवमा विद्यालयस्तरीय नृत्य, सोमबार मनोज गजुरेलको विशेष प्रस्तुति

रत्ननगर महोत्सवमा विद्यालयस्तरीय नृत्य, सोमबार मनोज गजुरेलको विशेष प्रस्तुति
चितवन- चितवनको गौरव र गरिमामय प्रस्तुतिका रुपमा दसौँ संस्करणको रत्ननगर महोत्सवअन्तर्गत महोत्सवको तेस्रो दिन आइतबार स्वर्गीय जगतकृष्ण प्रजापति स्मृति कला प्रतिष्ठानद्वारा आयोजित विद्यालयस्तरीय नृत्य प्रतियोगिता सुरु भएको छ । पहिलो चरणको प्रतियोगितामा पूर्वी चितवन क्षेत्रका विभिन्न १० विद्यालयका विद्यार्थीहरु सहभागी भएका छन् । प्रतियोगिताको दोस्रो तथा अन्तिम चरण माघ २ गते हुने ...

खिचरा महोत्सव सुरू, जातजातिको उत्थानबिना देश विकास हुँदैन : उपसभापति गच्छदार

खिचरा महोत्सव सुरू, जातजातिको उत्थानबिना देश विकास हुँदैन : उपसभापति गच्छदार
हृदयेन्द्र अनुरागी चितवन- पूर्वी चितवनको खैरहनी नगरपालिका ५ स्थित गौचरनमा सातौँ खिचरा महोत्सव–२०७६ आइतबारदेखि सुरू भएको छ । महोत्सवको पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले समुद्घाटन गरेका छन् । समारोहमा उपसभापति गच्छदारले विभेदमा परेका समुदायको उत्थान नभएसम्म देशको उत्थान हुन नसक्ने बताए । उनले भने, ‘समग्र जातजातिको उत्थानबिना समग्र देशको उत...

रङ्गशाला बनाउन धुर्मुस–सुन्तली फाउन्डेसनले ल्यायो श्रीलंकाका मैदान विशेषज्ञ

रङ्गशाला बनाउन धुर्मुस–सुन्तली फाउन्डेसनले ल्यायो श्रीलंकाका मैदान विशेषज्ञ
चितवन- धुर्मुस–सुन्तली फाउन्डेसनको संयोजनमा जनस्तरबाट निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा आईसीसी ग्राउण्ड स्पेसलिस्ट बन्दुला वार्नपुरा जोडिएका छन् । पुस २७ गते फाउन्डेसनको तर्फबाट अध्यक्ष सीताराम कट्टेल र वार्नपुरबीच रङ्गशालाको ग्राउण्डको काम गर्नेगरी सम्झौता भएको हो । धुर्मुस–सुन्तली फाउन्डेसनले नेपालमा मैदानका लागि विशेषज्ञ बोलाएको यो ...

हरिहर दुग्ध सहकारीको २१औँ साधारण सभा

हरिहर दुग्ध सहकारीको २१औँ साधारण सभा
चितवन- हरिहर दुग्ध उत्पादक सहकारी संस्था, रत्ननगर १० को २१औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष माधव आचार्यको अध्यक्षता एवम् रत्ननगर १० का वडाध्यक्ष केशव आचार्यको प्रमुख आतिथ्यतामा भएको सभामा थानेश्वर चालिसेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सभामा उपाध्यक्ष आचार्यले वार्षिक प्रतिवेदन तथा लेखा समिति संयोजक लोकनाथ पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत ...

लाइसियम मोडल स्कुलले दियो छात्राहरुलाई आत्मरक्षा तालिम

लाइसियम मोडल स्कुलले दियो छात्राहरुलाई आत्मरक्षा तालिम
चितवन- रत्ननगर १ निपनीमा रहेको लाइसियम इन्टरनेसनल मोडल स्कुलले कक्षा ६ देखि ९ सम्मका छात्राहरुलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएको छ । दुईदिने प्रशिक्षणको पहिलो दिन छात्राहरुलाई करातेका विभिन्न कला तथा जुडोका कलाहरुबारे सिकाइएको थियो । कसरी आफू सतर्क रहने र कसैले प्रहार गरेमा वा समातेमा कसरी फुत्किने र कसरी परास्त गर्ने भन्ने सम्बन्धमा कराते प्रशिक्षक कुमार श्रेष्ठले प्रशिक्...

चितवनमा पुस २७ गतेदेखि सातौँ खिचरा महोत्सव

चितवनमा पुस २७ गतेदेखि सातौँ खिचरा महोत्सव
चितवन- थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा आयोजना हुँदै आइरहेको सातौँ सँस्करणको ‘खिचरा महोत्सव–२०७६’ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन आइतबारदेखि सुरु हुँदैछ । पूर्वीचितवनको खैरहनी नगरपालिका–५ गौचरनमा पुस २७ गतेदेखि माघ ८ गतेसम्म संचालन हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको महोत्सव मुल आयोजक समितिका संयोजक चूडामणि चौधरीले जानकारी दिए । महोत्स...

रत्ननगर महोत्सवमा अशोक दर्जी र टंक बुढाथोकीको बेजोड प्रस्तुति

रत्ननगर महोत्सवमा अशोक दर्जी र टंक बुढाथोकीको बेजोड प्रस्तुति
चितवन- पूर्वी चितवनको टिकौलीचौरमा शुक्रबारदेखि सञ्चालित १०औँ रत्ननगर महोत्सवको सांस्कृतिक कार्यक्रममा बालगायक अशोक दर्जी र संगीतकार टंक बुढाथोकीले जोडदार प्रस्तुति दिएका छन् । चिस्सिँदै गएको मौसममा बालगायक अशोक र संगीतकार बुढाथोकीले स्टेजमा गाउँदा माहौल निकै तातेको थियो । ‘मनविनाको धन ठूलो कि धनविनाको मन’ बोलको गीत गाएर चर्चामा आएका दर्जीले महोत्सवको स्टेजमा उनले आफ्नो कला प्...