कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तलाई
काठमाडौँ- रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र खड्गबहादुर पुन (खबपु)लाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् ।
हिमेशले २५ लाख नगद राशिको पुरस्कारका साथै कार पाएका छन् । अन्य आकर्षक गिफ्ट ह्याम्परसमेत प्राप्त गरेका छन् ।
आज शनिबार काठमाडौँमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृ...









