ब्याडमिन्टनको उपाधि पौडेल र श्रेष्ठको जोडीले जिते
चितवन- रत्ननगरमा आयोजना गरिएको आयसर ट्रयाक्टर दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलका विनोद पौडेल र वैकुण्ठ श्रेष्ठको जोडीले जितेको छ ।
रत्ननगर ३, बेल्सीमा रहेको प्रस्तावित कभर्ड हलमा आइतबार भएको फाइनल खेलमा चितवनका विधान गुरूङ र राजु थापाको जोडीलाई पराजित गर्दै पौडेल र श्रेष्ठको जोडीले उपाधि जितेका हुन् ।
उपाधि विजेता जोडीले नगद ६१ हजार, शिल्ड र प्रमाण...









