नेपालमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित,४ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ४१६ जनाको पिसिआर परीक्षण गर्दा १५६ जनामा कोरोना पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण...






