कोराना महामारी र बाढीबाट प्रभावित रत्ननगरका बिपन्न घर परिवारलाई रत्ननगर मिड नेपालको सहयोग
महेश पाण्डे
चितवन । कोराना महामारी र बाढीबाट प्रभावित रत्ननगरका बिपन्न घर परिवारलाई लायन्स क्लब अफ रत्ननगर मिड नेपालले सहयोग गरेको छ । रत्ननगर—८ मा रहेका कोराना महामारी र बाढीबाट प्रभावित बिपन्न १० घरलाई बिहिबार पूर्वी चितवनको चर्चीत लायन्स क्लब मध्येको एक लायन्स क्लब अफ रत्ननगर मिड नेपालले ३५ हजार बराबरको खाद्यान्न सहयोग गरेको हो ।
क्लबका अध्यक्ष सुर्य प्रकास रेग्मीले आ...









