‘बिजुली मेसिन’ भदौ ३१ मा
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क
के आवाजबाट बिजुली निकाल्न सम्भव छ ? सम्भव छ केबल फिल्ममा । पछिल्लो समयमा नेपाली सिने क्षेत्रमा नयाँ नयाँ कथा र पात्र लिएर फिल्म बनाउने क्रम बढ्दो छ । यस्तै एउटा नयाँ विषय लिएर तयार भइरहेको फिल्म हो “बिजुली मेसिन”।
प्लस टु पढ्ने दुई विद्यार्थीको आवाजबाट बिजुली निकाल्ने प्रयासलाई ‘बिजुली मेसिन’ नाम दिएर नविन अवालले फिल्म निर्देशन गरेका हुन् । ...




