बकुलहर कुलो निर्माणको आयव्यय सार्वजनिक
रत्ननगर । पूर्वी चितवनको रत्ननगर–१, बकुलहरमा रहेको कुलो निर्माण योजनाको सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम गरी खर्च विवरण सार्वजनिक गरिएको छ । कुलो निर्माणका लागि ४८ मिटर कुलो निर्माण सम्पन्न गर्नको लागि रत्ननगर नगरपालिकालाई संघीय सांसद् कोषबाट दस लाख रुपैयाँ उपलब्ध भएको थियो । त्यसमा उपभोक्ता नगद साझेदारी कोषबाट एक लाख आठ हजार रुपैयाँ र उपभोक्ता जन श्रमदानबाट २१३.७७ रुपैयाँ ...









