पार्टीभित्रको गुटबन्दी क्यान्सरभन्दा घातक : नेता पाण्डे
चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टीभित्रको गुटबन्दी क्यान्सर रोगभन्दा बढी घातक रहेको टिप्पणी गरेका छन् । नेकपा रत्ननगर नगर कमिटीले शुक्रबार आयोजना गरेको जनप्रतिनिधिहरुसँगको छलफल कार्यक्रममा उनले पार्टीभित्र मौलाउँदै गएको गुठबन्दीले कसैको हित नगर्ने बताए ।
पार्टीभित्र नेतृत्व चयनका लागि हुने चुनावका कारण गुटबन्दी सृजना हुने गर...









