बागमती प्रदेशबाट माडी नगरपालिकालाई नगदसहित सम्मान

बागमती प्रदेशबाट माडी नगरपालिकालाई नगदसहित सम्मान
चितवन- सेवा प्रवाहमा उल्लेख्य काम गरेको भन्दै चितवनको माडी नगरपालिकालाई प्रदेश सरकारले सम्मान गरेको छ । बुधबार बाग्मती प्रदेश सरकारको दोस्रो वार्षिकोत्सवको अवसरमा नगरपालिकालाई सम्मान नगदसहित सम्मान गरिएको हो । वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईं र मुख्यमन्त्री डोरमणि पौडेलले नगरप्रमुख ढकाललाई सम्मानपत्र प्रदान गरे । ढकाल नगरप्रमुख भएको वैशाखमा तीन वर्ष पुग्दैछ । ...

सौराहा फुड फेस्टिवलअन्तर्गत विद्यालयस्तरीय नृत्यमा सिद्धि विनायक आमावि प्रथम

सौराहा फुड फेस्टिवलअन्तर्गत विद्यालयस्तरीय नृत्यमा सिद्धि विनायक आमावि प्रथम
चितवन- चितवनको पर्यटकीय नगरी सौराहामा १४औँ सौराहा फुड फेस्टिवलअन्तर्गत बुधबार विद्यालयस्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । रेवान सौराहाले आयोजना गरेको प्रतियोगितामा सिद्धि विनायक आमावि खोलेसिमल प्रथम, प्यारागन मावि रत्ननगर द्वितीय, हिमालयन आमावि रत्ननगर तृतीय र स्काइराइडर आमाविले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन...

रत्ननगरको नगरसभाबाट तीन कार्यविधि र एक निर्देशिका पारित

रत्ननगरको नगरसभाबाट तीन कार्यविधि र एक निर्देशिका पारित
चितवन- रत्ननगर नगरपालिकाको बुधबार सम्पन्न छैठौँ नगरसभाले तीन महत्वपूर्ण कार्यविधि र एउटा निर्देशिका सर्वसम्मत पारित गरेको छ । हिउँदे अधिवेशनका रुपमा लिने सो नगरसभाले ७१ वटा योजनामा बजेट रकमान्तर, राजश्व बजेट तथा योजना निर्माणको समीक्षा, करको दरमा छूट दिइएको मेयर नारायण वनले जानकारी दिए । विधान मस्यौदा समितिका संयोजक तिलकराज शर्माले प्रस्तुत गरेको नगर प्रमुख उद्यमशीलता प्रर्वद्...

चितवन ट्राफिकलाई मोटरसाइकललगायत उपकरण सहयोग

चितवन ट्राफिकलाई मोटरसाइकललगायत उपकरण सहयोग
चितवन- दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उद्देश्यले चितवनका विभिन्न क्षेत्रका व्यवसायीहरुले ट्राफिक कार्यालय चितवनलाई गोप्रो क्यामरा, मोटरसाइकल ल्यापटपलगायतका उपकरण सामग्री सहयोग गरेका छन् । ट्राफिक कार्यालय चितवन र दुर्घटना न्यूनीकरण महाअभियान कार्यसमिति चितवनले गरेको कार्यक्रममा सो सहयोग सामग्रीहरु हस्तान्तरण गरिएको हो । कार्यक्रममा नारायणी मोटर्सका प्रबन्ध निर्देशक बालग...

अर्किड स्कुलमा अन्तरविद्यालयस्तरीय ‘एङ्करिङ स्टार’ कार्यक्रम

अर्किड स्कुलमा अन्तरविद्यालयस्तरीय ‘एङ्करिङ स्टार’ कार्यक्रम
चितवन- भरतपुर १० चितवनस्थित अर्किड स्कुलको नबौँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा अन्तरविद्यालयस्तरीय एंकरिङ स्टार कार्यक्रमको आयोजना गरेको छ। उदघोषणको विभिन्न पाटोमा विद्यार्थीहरुले आफ्नो वाककलाको प्रदर्शन गरेका थिए । १२ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रममा स्काइराइडर स्कुल रत्ननगर प्रथम, डेजी स्कुल पर्सा दोश्रो र प्रेरणा स्कुल तेस्रो भएका थिए । प्रतियोग...

बछौली माविका बालबालिकालाई पोसाक वितरण

बछौली माविका बालबालिकालाई पोसाक वितरण
चितवन- रत्ननगर ६ स्थित बछौलीमा रहेको बछौली माविका गरिब तथा विपन्न विद्यार्थीलाई बुधबार पोसाक वितरण गरिएको छ । वडा कार्यालयले बछौली माविको शैक्षिक स्तर वृद्धिका थालनी गरेको अभियानअन्तर्गत यस वर्ष विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको हो । पोसाक वितरण गर्दै वडाध्यक्ष बलराम दाहालले वडाले सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन शिक्षा र स्वास्थ्यमा जोड दिइएको बताए । कार्य...

पूर्वी चितवन यातायात प्रमुखमा घिमिरेको नेतृत्व

पूर्वी चितवन यातायात प्रमुखमा घिमिरेको नेतृत्व
चितवन- पूर्वी चितवन यातायात प्रालिको कम्पनी प्रमुखमा हरिबहादुर घिमिरे चयन भएका छन् । रत्ननगर ११ मनिखोलामा सम्पन्न प्रथम वार्षिक साधारण सभाले कम्पनीको उपाध्यक्षमा विकास ढकाल, सचिव हिरालाल श्रेष्ठ, कोषाध्यक्ष कृष्णबहादुर लामा, सहसचिव कृष्णप्रसाद ढकाललाई चयन गरेको हो । त्यसैगरी सदस्यहरुमा दिलकुमार श्रेष्ठ, मेनकुमार श्रेष्ठ, हिरासिंह तामाङ र मैयाँ गुरुङ चयन भएका छन् । कम्पनी...

पहिलो ‘अम्ब्रेला स्ट्रिट’ पटिहानीमा : फागुनदेखि सञ्चालन गर्ने तयारी

पहिलो ‘अम्ब्रेला स्ट्रिट’ पटिहानीमा : फागुनदेखि सञ्चालन गर्ने तयारी
चितवन- भरतपुर महानगरपालिका–२२ स्थित राप्तीनदी किनारको रमणीयस्थल पटिहानीमा रु तीन करोड खर्च गरी दुई वर्ष लगाएर ‘अम्ब्रेला स्ट्रिट’ तयार पारिएको छ । सरकारले छानेका एक सय पर्यटकीय गन्तव्यमध्ये सो स्थलमा पहिलोपटक सो स्ट्रिट सञ्चालनको अन्तिम तयारी हुँदैछ । भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतोका अनुसार यही फागुन १ गतेबाट खाना महोत्सवसहित सो स्ट्रिट सञ्चालनमा ल्याइने छ ...

माडीका धार्मिक क्षेत्रहरुमा पर्यटकको घुइँचो (फोटो फिचर)

माडीका धार्मिक क्षेत्रहरुमा पर्यटकको घुइँचो (फोटो फिचर)
-अजित अधिकारी चितवन- माडीमा पछिल्लो समय विभिन्न धार्मिक क्षेत्रहरुमा पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । विशेषगरी माडीका विभिन्न धार्मिक स्थलहरु सोमेश्वरगढी, पाँच पाण्डव, गोदक, छरछरे, बिक्रम बाबा, वाल्मीकि आश्रम, परशुराम कुण्ड, शनि तथा कालिका मन्दिर, बैकुण्ठेश्वरधाम, रेवा तथा त्रिवेणीधामलगायतका धार्मिक क्षेत्रहरुमा पर्यटकहरुको घुइँचो र चाप बढ्न थालेको छ । माडीमा रहेका धार्मिक...

सौराहामा फूड फेस्टिवल सुरु, पर्यटनबाटै समृद्धि हासिल : पर्यटनमन्त्री नेपाल

सौराहामा फूड फेस्टिवल सुरु, पर्यटनबाटै समृद्धि हासिल : पर्यटनमन्त्री नेपाल
चितवन- चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबारदेखि १४औं सौराहा फुड फेष्टिवल सुरु भएको छ । रेष्टुरेष्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाको आयोजनामा भएको फेष्टिवलको उद्घाटन गर्दै बागमती प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले पर्यटनका माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताए । उनले पर्यटन आर्थिक विकासको मेरुदण्ड रहेकोले पर्यटनको विकासले मात्र मुलुकले समृद्धि हासिल गर्ने ...