चित्रसेन वनमा मचान उद्घाटन, पहिलो पाहुना बने पूर्वअर्थमन्त्री पाण्डे
चितवन- सौराहाकै सामीप्यतामा रहेको चित्रसेन मध्यवर्ती सामुदायिक वन भित्र निर्माण काठे मचान निर्माण गरिएको छ । आम्दानी बढाउन वनको आमसोती डाँडामा करिब ३५ लाख रुपैयाँ खर्च गरेर मचान निर्माण गरिएको वनका अध्यक्ष पुष्पराज श्रेष्ठले जानकारी दिए ।
१५ जना अट्ने क्षमता भएको मचानमा ५ वटा एटेज कोठा रहेका छन् । एक कोठामा ३ जना सुत्न मिल्छ । प्रतिकोठा ४ हजार रुपैयाँ पर्यटकले शुल्क तिर्नुपर्न...









