ज्योति मगरको गीतमा दर्शक भए पानी पानी…
चितवन- पूर्वी चितवनको खैरहनीमा खिचरा महोत्सव जारी रहँदा बिहीबार बिहानैदेखि पानी परिरह्यो । आयोजकलाई पानी परेका कारण दर्शकको उपस्थिति कम हुने चिन्ता बढ्नु स्वाभाविकै थियो । तर, आज पाँचौँ दिनमा अपेक्षाविपरीत पानीमा भिजेरै भए पनि दर्शक ओइरिए । कारण थियो हट गायिका ज्योति मगरको प्रस्तुति ।
बिहानैदेखि पानीले प्रभावित गरे पनि ज्योतिको उपस्थिति हुने खबरले दर्शक त्यसै रौसिएका थिए । ...









