पर्यटकले भरियो सौराहा, भोलि प्रदेशको सांस्कृतिक झाँकी प्रदर्शन हुने

पर्यटकले भरियो सौराहा, भोलि प्रदेशको सांस्कृतिक झाँकी प्रदर्शन हुने
चितवन- चितवनको पर्यटकीय गन्तव्य सौराहामा अंग्रेजी नयाँ वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटक भरिभराउ भएका छन् । सौराहामा रहेका ११५ होटल आन्तरिक पर्यटकले भरिएको क्षेत्रीय होटल संघ चितवन, सौराहाका अध्यक्ष दीपक भट्टराई जानकारी दिए । सौराहामा सुविधायुक्त ११५ होटलमा दैनिक आठ हजार पर्यटक राख्न सकिने क्षमता रहेको संघले जनाएको छ । अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटक राति १२ बजेसम्म सौ...

हात्ती महोत्सवमा गायिका मञ्जु पौडेलको प्रस्तुतिले नाचे चितवनका मेयर, उपमेयर

हात्ती महोत्सवमा गायिका मञ्जु पौडेलको प्रस्तुतिले नाचे चितवनका मेयर, उपमेयर
महेश पाण्डे चितवन । सौराहामा जारी हात्ती महोत्सवमा गायिका मञ्जु पौडेलले चितवनका मेयर, उपमेयरलाई स्टेजमा छमछमी नचाएकी छिन् । १६ औं चितवन हात्ती महोत्सवको पाँचौ दिन सोमबार आफना प्रस्तुतिसँगै लोक गायिका मञ्जुले चितवनका विभिन्न नगरपालिकाका मेयर तथा उप–मेयरलाई छमछमी नचाएकी हुन् । हात्ती महोत्सव हेर्न आएका रत्ननगर नगरपालिकाका मेयर नारायण वन, उपमेयर विमला दुवाडी, राप्ती नगरपालिकाकी म...

राष्ट्रिय जनगणना २०७८ को तयारी तीव्र, जनगणना प्रविधिमैत्री हुने

राष्ट्रिय जनगणना २०७८ को तयारी तीव्र, जनगणना प्रविधिमैत्री हुने
महेश पाण्डे/ध्रुवराज लामिछाने चितवन । राष्ट्रिय जनगणना २०७८ को तयारी तीव्र पारिएको छ । हरेक १०–१० वर्षको अन्र्तरालमा हुने जनगणनाको तयारीमा तथ्यांक कार्यालय चितवन पनि लागेको छ । यसपालीको जनगणनाको नारा “मेरो गणना, मेरो सहभागिता” रहेको तथ्याकं कार्यालय भरतपुरका प्रमुख यज्ञ मुर्ती भण्डारीले नेपालीको आवाज डटकमलाई जानकारी दिए । सोमबार तथ्यांक कार्यालय चितवनको आयोजनामा पूर्वी चितवनको...

भरतपुरको चौबिसकोठीमा काटेर फालिएको मानव हात फेला

भरतपुरको चौबिसकोठीमा काटेर फालिएको मानव हात फेला
चितवन – भरतपुरको चौबिसकोठीमा काटेर फालिएको मानव हात फेला परेको छ । चौबिसकोठीमा रहेको पुष्पाञ्जली हस्पिटल नजिकै कम्पाउण्ड गरिएको जग्गामा काटेर फालिएको मानव हात फेला परेको हो । आज (सोमबार) मध्यान्ह दुई बालकहरुले दिशा गर्न जाने क्रममा काटेर फालिएको हात देखेपछी प्रहरीलाई खबर गरेका थिए । फेला परेको उक्त हात हेर्दा युवतीको जस्तो देखिएकाे छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी...

काभ्रे जेसीजका उपाध्यक्ष मानन्धर मृत्यु प्रकरण: प्रहरीले इनारबाट शव निकाल्याे

काभ्रे जेसीजका उपाध्यक्ष मानन्धर मृत्यु प्रकरण: प्रहरीले इनारबाट शव निकाल्याे
चितवन । जेसीज महाधिवेशनमा रत्ननगर अाएका काभ्रे जेसीजका उपाध्यक्ष कृष्ण कुमार मानन्धर ईनारमा मृत फेला परेपछि घटना रहस्यमय बनेकाे छ । कार्यक्रममा सहभागी हुन अाएका काभ्रे जेसिजका कार्यकारिणी उपाध्यक्ष मानन्धरको शव आइतबार बेलुका रत्ननगर वडा नं १ र ९ काे सिमामा रहेकाे नहर छेउमा रहेकाे ईनारमा भेटिएको हाे । यसैबीच प्रहरीले मानन्धरकाे सव बाहिर निकालेकाे छ । अाईतबारनै घटना थाहा भए...

हात्ती महोत्सब:आज विच भलिबल र हात्ती पोलोसंगै मञ्जु पौडेल र अञ्जली अधिकारीकाे प्रस्तुति

हात्ती महोत्सब:आज विच भलिबल र हात्ती पोलोसंगै मञ्जु पौडेल र अञ्जली अधिकारीकाे प्रस्तुति
चितवन । चितवन हात्ती महोत्सबको ५ औं दिन आज महिला वीच भलिबल प्रतियोगिता र हात्तीपोलो खेल संगै चर्चित लोक गायीका मञ्जु पौडेल र माेडल अञ्जली अधिकारीकाे बिशेष प्रस्तुती रहने भएको छ । पौष १० गते देखि शुरु भइ १८ गते सम्म जारी रहने १६ औं चितवन हात्ती महोत्सब सौराहामा भैरहेको छ । जस अन्तर्गत हरेका दिन हात्तीका बिभिन्न रमाईला खेलसंगै राष्ट्रिय तथा स्थानिय कलाकारको पनि प्रस्तुति रहदै आए...

जेसीज महाधिवेशनमा रत्ननगर अाएका काभ्रे जेसीजका उपाध्यक्ष मानन्धर मृत फेला, घटना रहस्यमय

जेसीज महाधिवेशनमा रत्ननगर अाएका काभ्रे जेसीजका उपाध्यक्ष मानन्धर मृत फेला, घटना रहस्यमय
चितवन । जेसीज महाधिवेशनमा रत्ननगर अाएका काभ्रे जेसीजका उपाध्यक्ष कृष्ण कुमार मानन्धर मृत फेला परेका छन् । नेपाल जेसिजको ४६ औं महाधिवेशन रत्ननगरमा पुष ९ गते देखि १२ गते सम्म भएकाे थियो । जसमा देशभरका करिब १५० वटा क्लबबाट अाएका २५०० भन्दा बढि जेसीज प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे । साेही कार्यक्रममा सहभागी हुन अाएका काभ्रे जेसिजका कार्यकारिणी उपाध्यक्ष मानन्धरको शव आइतबार ...

रत्ननगर महोत्सवको तयारी तीव्र : भ्रमण वर्ष २०२० लाई प्राथमिकता

रत्ननगर महोत्सवको तयारी तीव्र : भ्रमण वर्ष २०२० लाई प्राथमिकता
चितवन । पूर्वी चितवनको टिकौली चौरमा यही पुस २५ गतेबाट हुन लागेको रत्ननगर महोत्सवको तयारी तीव्र रुपमा अगाडि बढेको छ । रत्ननगर उद्योग वाणिज्य संघको अगुवाईमा चितवनको समग्र कृषि, पर्यटन र उद्योगको प्रवद्र्धनका लागि आयोजना गरिँदै आएको रत्ननगर महोत्सवको यो १०औँ संस्करण हो । महोत्सवलाई व्यवस्थित बनाउन टिकौली चौरमा स्टल, विभिन्न जातजातिका घर निर्माण, प्रचारप्रसार र आन्तरिक व्यवस्थापन...

निकुञ्ज ऐनविरुद्ध वारपारको लडाइँ : माडीका मेयर फेरि अनशन बस्दै

निकुञ्ज ऐनविरुद्ध वारपारको लडाइँ : माडीका मेयर फेरि अनशन बस्दै
चितवन- दक्षिण चितवनको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले माडीका जनताप्रति चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय निकुञ्ज विभाग तथा वन मन्त्रालय उदार बन्न नसकेको भन्दै निकुञ्ज ऐनविरूद्ध फेरि अनशन सुरु गर्ने घोेषणा गरेका छन् । उनले माडीमा कुनै दैवीप्रकोप परे बाहिर जान सक्ने अवस्था नरहँदा जेलभित्र रहेको अनुभूति गर्न परेको बताए । उनले सिंगो माडीको विकासका लागि आफू मर्नसमेत तयार...

रत्ननगरकाे ईनारमा एक युवाकाे लास फेला, बिस्तृत बिवरण अाउदै

रत्ननगरकाे ईनारमा एक युवाकाे लास फेला, बिस्तृत बिवरण अाउदै
चितवन । रत्ननगरकाे एक इनारमा युवाकाे लास फेला परेकाे छ । रत्ननगर वडा नं १ र ९ काे सिमामा रहेकाे नहर छेउमा रहेकाे ईनारमा कुनै अपरिचित युवाकाे लास रहेकाे जनाइएकाे छ । स्थानीयले दिएकाे जानकारी अनुसार ईनारकाे ढकनीकाे केही भाग उघारी उक्त अपरिचित युवालाई ईनारमा सुनुयाेजित ढंगबाट फालिएको हुन सक्ने अनुमान छ । उता ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भावेष रिमालले उक्त स्थान...