माडीको सिदुवामा पौष २८ गते देखि खिचरा महोत्सब हुने
अजित अधिकारी
चितवन- माडीको सिदुवामा खिचरा महोत्सव हुने भएको छ । माडी नगरपालिका–४ को सिदुवा चौरमा खिचरा महोत्सव हुने भएको हो । माडी नगरपालिकाको आयोजना तथा थारु कल्याणकारी सभा तथा क्षेत्र नम्बर १ माडी र नेपाल आदिवासी जनजाति नगर समन्वय समितिको सहआयोजनामा खिचरा महोत्सव हुने भएको हो ।
आदिवासी थारु समुदायले मनाउने खिचरा पर्व तथा आदिवासी थारु समुदायसहित अन्य जनजातिले मनाउने माघी पर...









