तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण सुरु
चितवन- बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण सुरु गरिएको छ ।
प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।
महानगरपालिकाको वडा नं २ मा कृषि प्रवद्र्धन बजार विकास प्रालिले सञ्चालन गरेको महानगर फलफूल तथा तरकारी बजारमा प्रयोगशाला स्थापना गरिएको हो ।
...








