खजुरिको बिस्कुट कम्पनीमा चरम श्रमशोषण, श्रमिकहरु आन्दोलित
महेश पाण्डे
चितवन । बिस्कुट उत्पादक कम्पनी खजुरिको नेपाल प्रालिले आफ्ना श्रमिक महिलाहरुको चरम श्रम शोषण गरेको पाइएको छ । खैरहनी–५ मा रहको बिस्कुट उत्पादन गर्ने प्लान्टमा काम गर्ने महिला श्रमिकहरुले आफूहरुलाई कम्पनीले चरम श्रमशोषण गरेको भन्दै आन्दोलित भएपछि सोकुरा खुलेको हो ।
खजुरीको कम्पनी देशकै नाम चलेको कम्पनीमा पर्दछ । जसले भिटामिन, ग्लुकोज, चोकोज चोको, टायल कुकिज, चेरी कुक...









