चितवन उद्योग संघद्वारा प्रजिअको सम्मान

चितवन उद्योग संघद्वारा प्रजिअको सम्मान
चितवन । चितवन उद्योग संघले चितवनका प्रमुख जिल्ला अधिकारीको सम्मान, महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत एवं गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका श्रमिकहरुलाई जाडोको कपडा र मानवसेवा आश्रमलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका सभापति एवं चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले कार्यक्रमको उद्देश्य र चितवन उद्योग संघले अघि सारेका ...

समावेशी कन्या गुरुकुलका लागि एक करोड ९० लाख संकलन

समावेशी कन्या गुरुकुलका लागि एक करोड ९० लाख संकलन
चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा निर्माण हुने समावेशी कन्या गुरुकुलका लागि आयोजित श्रीमद्भागवत् महापुराण धनधान्याचल विराट ज्ञानमहायज्ञ शनिबार सम्पन्न भएको छ । मंसिर १३ गतेदेखि भरतपुर १२ स्थित पोखरेली टोलमा आयोजित महायज्ञको प्रदेश सांसद् विजय सुवेदीले समापन गरेका हुन् । समापन समारोहमा प्रमुख अतितिसमेत रहेका सांसद् सुवेदीले स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकता राज्...

राप्तीमा अटो दुर्घटना, पाँच जनाको मृत्यु, एक गम्भीर घाइते

राप्तीमा अटो दुर्घटना, पाँच जनाको मृत्यु, एक गम्भीर घाइते
चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–४ स्थित चेपाङ मार्गमा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । चेपाङमार्गस्थित भित्री सडक खण्डमा चेपाङमार्गबाट चौकीडाँडातर्फ आउँदै गरेको ना-१-ह ६४०९ नं को अटो आफैँ अनियन्त्रित भई पल्टिँदा पाँच जनाको ज्यान गएको हो । सो दुर्घटनामा परी मृत्यु हुनेमा पर्वतको कुस्मा नगरपालिका पिपलटारी बस्ने ३५ वर्षीय श्यामप्रसाद तिवारी रहेका छन् । अ...

पूर्वी चितवनको भण्डारामा भयानक अटो दुर्घटना, ५ को मृत्यु, १ घाइते (बिवरण सहित)

पूर्वी चितवनको भण्डारामा भयानक अटो दुर्घटना, ५ को मृत्यु, १ घाइते (बिवरण सहित)
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–५ मा भयानक अटो दुर्घटना भएको छ । दुर्घटनामा अटोमा सवार ५ जनाको मृत्यु भएको छ भने र १ जना सख्त घाईते भएको जनाईएको छ । आज (शनिवार) साझ ६ः१५ मा दुर्घटना भएको हो भने बेलुका ७ः३० मा अस्पतालले ५ जनाको मृत्य भएको घोषणा गरेको थियो । चालक खैरहनी ३ बस्ने २६ वर्षका मणिराम गिरीको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । जिल्ल...

पर्सामा खुल्यो ह्याङ्ग आउट रेष्टुरेन्ट, मट्का चिया बिशेष आकर्षण

पर्सामा खुल्यो ह्याङ्ग आउट रेष्टुरेन्ट, मट्का चिया बिशेष आकर्षण
चितवन । पूर्वी चितवनको पर्सामा ह्याङ्ग आउट रेष्टुरेन्टले आफ्नो सेवा सुरु गरेको छ । खैरहनी–८, पर्सामा रहेको म्याङ्गो जनज्योती हलको पहिलो तलामानै रेष्टुरेन्टले शुक्रबारबाट आफ्नो सेवा सुरु गरेको हो । सेवा सुरुवातसंगै रेष्टुरेन्टले मंसिर २६ गते सम्म आउने ग्राहकहरुलाई बशेष छुटको ब्यवस्था गरेको रेष्टुरेन्टका प्रबन्ध निर्देशक राकेश के.सी.ले नेपालीको आवाज डटकमलाई जानकारी दिए । ...

भरतपुर अस्पतालमा सुत्केरीको मृत्यु : नर्सको लापरबाहीले ज्यान गएको आफन्तको भनाइ

भरतपुर अस्पतालमा सुत्केरीको मृत्यु : नर्सको लापरबाहीले ज्यान गएको आफन्तको भनाइ
-हृदयेन्द्र अनुरागी चितवन - भरतपुर अस्पतालमा शुक्रबार नर्सहरुको लापरबाहीका कारण एक सुत्केरीको ज्यान गएको छ । ड्युटीमा खटिएका नर्सहरुले सुत्केरीको पीडालाई बेवास्ता गरेका कारण गोरखा पालुङटार–९, मिर्कोटकी २४ वर्षीया कल्पना केसीको मृत्यु भएको हो । उनी सोलुखुम्बु जिल्लामा कार्यरत थिइन् । सोलुखुम्बुदेखि स्तरीय प्रसूति सेवाका लागि भरतपुर आउँदा सुत्केरीको लागि भएको अप्रेसनपछि प...

मणि बन्दै माडी, “सोमेश्वर गढी, मुर्तिहरुको फुलबारी” (फोटो फिचर सहित)

मणि बन्दै माडी, “सोमेश्वर गढी, मुर्तिहरुको फुलबारी” (फोटो फिचर सहित)
महेश पाण्डे चितवन । चितवनको माडी मणि बन्दै गईरहेको छ । भरतपुर बाट करिब ४७ किमी पश्चिम चितवनको बाटो हुदै चितवन राष्ट्रिय निकुञ्जलाई छिचोल्दै यात्रा गरे पछि संभावनाको खानी माडी पुगिन्छ । चारैतिरबाट हरियाली र खोलै खोलाले घेरिएको ठाउँ हो माडी । केहि समय अघि मात्र बर्खाको समयमा माडी जाने कल्पना सम्म गर्दापनि आंग जिरीङ्ग हुने अवस्था थियो तर अहिले त्यो अवस्थाको अन्त्य भएको छ वा भनौ ह...

‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प’को उपाधि सौगातलाई, आशिष र आयुष्मा फस्ट र सेकेण्ड रनर अप

‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प’को उपाधि सौगातलाई, आशिष र आयुष्मा फस्ट र सेकेण्ड रनर अप
चितवन ।‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को उपाधि सौगात आचार्यले जितेका छन् । शुक्रबार वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा भएको फाइनल प्रतिस्पर्धामा ९ जनालाई पछि पार्दै सौगातले उपाधि जितेका हुन् । अरोमा कलेजमा अध्ययरत सौगातले उपाधिसंगै नगद ५० हजार रुपैयाँ पुरस्कार समेत प्राप्त गरे । यस्तै एकता शिशु निकेतनका आशिष बन्जारा फष्ट रनरअप घोषित भए । उनले ३० हजार नगद र ट...

सौराहामा १६औँ हात्ती महोत्सव पुस १० देखि सञ्चालन हुने

सौराहामा १६औँ हात्ती महोत्सव पुस १० देखि सञ्चालन हुने
चितवन । अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय नगरी सौराहामा आगामी पुस १० गतेदेखि हात्ती महोत्सव गरिने भएको छ । छ दिनसम्म सञ्चालन हुने सो महोत्सव १६औँ संस्करण हो । भ्रमण वर्ष सन् २०२० लाई विशेष रूपमा महोत्सवबाटै स्वागत गरिँदैछ । महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार महोत्सवमा हात्ती फुटबल, हात्तीपोलो, हात्ती फास्टवाक, हात्ती ...

भ्रमण वर्षमा सौराहामा विद्युत् अवरुद्ध नहुने

भ्रमण वर्षमा सौराहामा विद्युत् अवरुद्ध नहुने
चितवन । घोषित रूपमा विद्युत्भार कटौती नभए पनि प्राविधिक कारण समय समयमा विद्युत् आपूर्तिमा समस्या हुने गरेको छ । लामो क्षेत्रमा एउटै फिडरबाट तानिएका तार र पुराना ट्रान्सफर्मरमा देखिने समस्याका कारण पटक पटक विद्युत् अवरुद्ध हुँदा अत्यावश्यक क्षेत्र प्रभावित हुँदै आएका छन् । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकीय क्षेत्र सौराहामा विद्युत् अवरुद्ध नहुने गरी तयारी थालिए...