छुटको अफरसंगै पर्यटकलाई स्वागत गर्न तयार सौराहाका पर्यटन ब्यवसायी
महेश पाण्डे
चितवन । छुटको अफरसंगै पर्यटकलाई स्वागत गर्न तयार रहेको सौराहाका पर्यटन ब्यवसायीहरुले बताएका छन् । ४१ औं बिश्व पर्यटन दिवसको अवसरमा क्षेत्रीय होटल संघ चितवनले सौराहामा आज (आईतबार) आयोजना गरेको बिशेष कार्यक्रममा उपस्थित पर्यटन ब्यवसायीले सो कुरा बताएका हुन् । बिश्व पर्यटन दिवसको अवसरमा अघिल्ला वर्षमा जस्तो उल्लास र धेरै कार्यक्रमहरु यस वर्ष हुन सकेनन । बिश्वब्यापी मह...









