
२७ भाद्र, काठमाण्डौ
नेपालीको आवाज अनलाईन न्युज डेस्क
यस वर्ष पनि जापानको राजधानि टोकियोमा सुर्य इन्टरनेशनल अवार्ड २०१९ को आयोजना हुने भएको छ । काठमाडौं ठमेल स्थित छायां सेन्टरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाली चलचित्रको ६ वटा विधा र गीत संगीतको ६ वटा विधालाई समाहित गरेर आगामी नोभेम्बर २४ तारिक अर्थात मंसिर ८ गते नाकानो जेरो हल(टोकियो)मा यो अवार्डको आयोजना गर्न लागिएको आयोजक सुर्य इन्टरनेशनल का सञ्चालक बासुदेव लामिछाने ले जानकारी गराउनुभयो ।
(प्रेस वक्तव्यको पुर्ण पाठ सहित)
प्रिय पत्रकार मित्रहरु सर्व प्रथम नमस्कार । गत बर्ष सूर्य कर्पोरेशन लिमिटेडले संसारकै सबैभन्दा महँगो देश जापान स्थित टोकियोमा पहिलो पटक सूर्य ईन्टरनेशनल अवार्ड सम्पन्न गरिसकेको सबैमा अवगत नै छ । यस बर्ष पनि सुर्य कर्पोरेशनले दोश्रो सूर्य ईनटरनेशनल अवार्ड टोकियो मै गर्न गईरहेको सबैमा जानकारी गराउन चाहन्छ । आगामी नोभेम्बर २४ तारिक अर्थात मंसिर ८ गते टोकियो स्थित १५०० क्षमताको नाकानो जेरो हलमा यो अवार्डको भव्य आयोजना हुदैछ । अवार्ड समारोहमा नेपालबाट चार दर्जन सेलेब्रेटी , अतिथी र अवार्ड ईच्छुक आगन्तुकहरु पनि समावेश हुनेछन् । नेपाली चलचित्रको ६ वटा विधा र गीत संगीतको ६ वटा विधालाई यस अवार्डले समाहित गरेको छ । प्रत्यक्ष भोटिङको आधारमा छनौट गरिने यस अवार्ड समारोह पपुलर विधा तर्फको अवार्ड रहेको जानकारी गराउन चाहन्छु । एक हप्तासम्म जापानमा विभिन्न कार्यक्रमहरुको आयोजना हुनेछ ।
जसमा पत्रकार भेटघाट , चलचित्र तथा पर्यटन सम्बन्धि अन्तक्रिया कार्यक्रम , अवार्ड समारोह र धन्यवाद ज्ञापन समारोह लगायतका कार्यक्रमहरु समावेश हुनेछन् । अवार्डको अघिल्लो दिन कलाकार , सेलेब्रेटी तथा भिआईपीको लागि कुज चढेर आईल्याण्डमा वेलकम पार्टि आयोजना गरिनेछ ।
गत बर्ष अर्थात २०७५ भरिका सार्वजनिक फिल्म र गीत संगीतबाट आवेदन लिने र त्यसबाट छनौट समितीले उत्कृष्ट तीनको नोमिनेशन सार्वजनिक गरिने छ । सबै विधाका उत्कष्ट तीनै जनालाई अवार्ड समारोहमा सहभागी गराईने छ । नोमिनेशन कार्यक्रम भने नेपालमै भव्यताका साथ आयोजना हुनेछ । अवार्ड समारोहमा नेपाली चलचित्र क्षेत्रमा २ दशक भन्दा लामो समय दिएर योगदान दिनुहुने एक सर्जक , श्रृष्टा वा कलाकारलाई लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । यस्तै १ दशक भन्दा लामो समय नेपाली चलचित्र क्षेत्रमा योगदान दिनहने कलाकार तथा सर्जक एक जनालाई चलचित्रकर्मी सम्मान प्रदान गरिनेछ ।
यस्तै चलचित्र क्षेत्रमा निरन्तर पत्रकारिता गर्नुहुने एक पत्रकारलाई चलचित्र पत्रकारिता पुरस्कारद्धारा पुरस्कृत गरिनेछ । यस बर्ष अवार्ड समारोहलाई अझ भव्य र सभ्य बनाउन चलचित्र विकास बोर्ड , नेपाल पर्यटन बोर्ड , नेपाल एयरलाईनस कम्पनि र नेपाल शसस्त्र प्रहरीको पनि सहकार्य रहने भएको छ । अवार्ड समारोहमा नेपालबाट झण्डै ५० जना आगन्तुक र जापानबाट १४०० भन्दा बढि दर्शकहरुलाई सहभागी गराईने छ । सहयोगको अपेक्षा सहित धन्यवाद ।
बासुदेव लामिछाने अध्यक्ष तथा प्रबन्ध निर्देशक , ( सुर्य कर्पोरेशन – सुर्य ईन्टरनेशनल अवार्ड – २०१९ )
नरेश भट्टराई – ९८४१३७५५७५ ब्राण्ड एम्बेसडर ( सूर्य कर्पोरेशन – सूर्य ईन्टरनेशनल अवार्ड – २०१९ )
समीर बलामी – ९८५११६२३८४ कार्यक्रम संयोजक , नेपाल ( सुर्य ईन्टरनेशनल अवार्ड – २०१९ )