२ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

गत मंगलबार देखि बिग्रीएको मौषम आज दिउसो देखी खुल्ने मौषम बिभागले जनाएको छ । हिजो अस्तीको तुलनामा देशका अधिकांस ठाउंमा मौषम खुलेर घाम लाग्ने तर केही भागमा भने सामान्य वर्षा हुन सक्ने मौषम बिभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ सरेकाले तीनदिन निरन्तर मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जनाएको थियो ।

महाशाखा मौषमविदका अनुसार न्युन चापीय रेखा उत्तरतर्फ सरेको र बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको कारण वर्षा भएको जनाएको छ । वर्षाकै कारण देशभरका नदिको पानिको सतह पनि बढेको थियो तर आज देखि घाम लाग्न थालेपछि पानिको सतह सो त घट्दै जाने मौषम बिभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया