आइसोलेसनमा रहेका बिरामीमा कोरोना देखिएन

आइसोलेसनमा रहेका बिरामीमा कोरोना देखिएन
सिन्धुली । सिन्धुली जिल्ला अस्पतालमा कोभिड–१९ को आशंकमा आइसोलेशनमा राखेर उपचार गरिएका एक जना बिरामीमा कोरोना नभएको पुष्टि भएको छ । काठमाडौँ टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा इन्फ्लुएञ्जा ए पोजेटिभ र कोभिड–१९ नेगेटिभ भेटिएको अस्पतालका प्रवक्ता डा प्रसन्न राजभण्डारीले जानकारी दिए । गत बुधबार ज्वरो अत्याधिक आएपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालि...

सेनाका पाँच हजार स्वास्थ्यकर्मी तयारी अवस्थामा

सेनाका पाँच हजार स्वास्थ्यकर्मी तयारी अवस्थामा
काठमाडौँ । नेपाली सेनाले कोभिड–१९ को जोखिम  नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गरी योजना बनाउने काम अघि बढाएको छ । साथै सेनाले सोे जोखिम  रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने जनाएको छ । यसका लागि सेनाले मातहतका पृतना, वाहिनी र गणस्तरमा आफ्नो तयारी गरिरहेको छ । सरकारले सेनालाई कोभिड–१९ को जोखिम रोकथाम र उपचारका लागि २० वटा सघन उपचार कक्...

सोमबारदेखि पशुपतिमा विशेष पूजा बन्द

सोमबारदेखि पशुपतिमा विशेष पूजा बन्द
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेको थियो । बिहीबारसम्म काटेका रसिदको विशेष पूजा आइतबार सकिएपछि सोमबारदेखि भक्तजनले मनोकांक्षा पूरा गर्ने उद्देश्यले गर्ने विशेष पूजा नगरिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानक...

अखिल क्रान्तिकारीका विद्यार्थी नेता पक्राउ

अखिल क्रान्तिकारीका विद्यार्थी नेता पक्राउ
चितवन । इलाका प्रहरी कार्यालय टाँडी, चितवनले सरकारबाट प्रतिबन्धित नेकपा विप्लव समूहका विद्यार्थी नेतालाई रत्ननगर क्षेत्रबाट पक्राउ गरेको छ । विप्लव समूहका अखिल क्रान्तिकारीका विद्यार्थी जिल्ला नेता तथा रत्ननगर संयोजक २२ वर्षीय प्रवीण आचार्य (आक्रोश)लाई गत ५ गते पक्राउ गरेको जनाएको छ । उनको साथबाट विभिन्न पर्चा, पम्प्लेटलगायतका सामग्रीहरु पनि बरामद गरेको प्रहरीको भनाइ छ । ...

कोरोना अपडेट : १८६ देश प्रभावित, ११ हजार ८९७ जनाको मृत्यु

कोरोना अपडेट : १८६ देश प्रभावित, ११ हजार ८९७ जनाको मृत्यु
काठमाडौँ । चीनको वुहान सहरबाट फैलिएर विश्वका १८६ देशमा महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट शनिबार रातिसम्म ११ हजार ८९७ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म दुई लाख ८७ हजार ४५८ जनामा संक्रमण देखिएकोमा ९३ हजार ६१७ जना निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै विश्वभर एक लाख ८१ हजार ९४४ जना संक्रमितको उपचार जारी छ । जसमध्ये ८११...

नेपाली व्यवसायीको अमेरिकामा सुईट्स होटलमा लगानी

नेपाली व्यवसायीको अमेरिकामा सुईट्स होटलमा लगानी
अमेरिका । नेपाली समुदायले अमेरिकामा व्यवसाय विस्तार गर्ने क्रम बढिरहेको छ । उनीहरुले स्टोर, व्युटी सैलुनदेखि होटलसम्म लगानी विस्तार गरेका छन् । यसै क्रममा टेक्ससमा व्यवसाय गर्दै आएका व्यवसायीले अमेरिकाको तेल उत्पादन हुने मुख्य क्षेत्रमा होटलमा लगानी गरेका छन् ।कर्नेस सिटीस्थित लाकुन्ता इन एण्ड सुईट्स यसै साता नेपाली व्यवसायीले खरिद गरेका हुन् । ६९ कोठाको उक्त होटल तेल उत्पादन ग...

चलचित्र कलाकार संघको टोलीलाई चितवनमा स्वागत

चलचित्र कलाकार संघको टोलीलाई चितवनमा स्वागत
चितवन । नेपाल चलचित्र कलाकार संघको टोलीलाई चितवनमा स्वागत गरिएको छ । लक्की मिडिया हाउसद्वारा भरतपुरमा आयोजित एक कार्यक्रममा उनीहरुलाई भब्य स्वागत गरिएको हो । टोलीमा संघका अध्यक्ष रवीन्द्र खड्का, उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौला, महासचिवमा तेजबहादुर सिंह ‘राजा’ र केन्द्रीय सदस्य रामेश्वर बुर्लाकोटी रहेका छन् । उनीहरुलाई लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्क...

कोरोना अपडेट : १८५ देश प्रभावित, ११ हजार ३९७ जनाको मृत्यु

कोरोना अपडेट : १८५ देश प्रभावित, ११ हजार ३९७ जनाको मृत्यु
काठमाडौँ । चीनको वुहान सहरबाट फैलिएर विश्वका १८५ देशमा महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट शनिबार बिहानसम्म ११ हजार ३९७ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म दुई लाख ७५ हजार ७९६ जनामा संक्रमण देखिएकोमा ९१ हजार ९१२ जना निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै विश्वभर एक लाख ७२ हजार ४८७ जना संक्रमितको उपचार जारी छ । जसमध्ये ७७...

पैसा नदिएको रिसमा बालकको हत्या

पैसा नदिएको रिसमा बालकको हत्या
रुपन्देही । रुपन्देहीको ओमसतीया गाउँपालिकामा एक बालकको हत्या भएको छ । ओमसतीया–५ धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यही चैत ४ गते बिहान १० बजे विद्यालय गएका बालक घर नफर्किएपछि खोजतलास गर्ने क्रममा ६ गते मात्रै ओमसतीयाको खेतमा शव फेला परेको थियो । बिहान करिब ११।३० बजे स्थानीयवासीले शव भेटेपछि ...

नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना, यात्रुलाई राहत

नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना, यात्रुलाई राहत
काठमाडौँ । नोबेल कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखेर गोँगबुस्थित नयाँ बसपार्कमा सहायता कक्ष ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ । स्वास्थ्य सेवा विभाग, काठमाडौँ महानगरपालिका–२६ र नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउदेश्यीय प्रालिको सक्रियतामा आज नयाँ बसपार्कमा हेल्थ डेक्स स्थापना गरिएको हो । नयाँ बसपार्कमा हेल्थ डेक्सको स्थापनासँगै कोरोनाको त्रासमा रहेका यात्रुल...